सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम

समाचार

रुपन्देही, ११ फागुन । बुटवलमा सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरीय जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले सडक दुर्घटनाबाट हुने अकाल मृत्युबाट नागरिकलाई बचाउन सबैको चासो र सहकार्य आवश्यक रहेको बताएका छन् ।

बढ्दै गएको दुर्घटनाका कारण समाज आक्रान्त रहेको भन्दै मन्त्री पन्थीले दुर्घटनाले समाजका योग्य र कुशल नागरिक गुमाउनु परिरहेकोले भयावह अवस्था कम गर्न सबैको सहकार्य जरुरी रहेको बताएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको नेशनल रोड सेफ्टी काउन्सिल नेपालको आयोजना, नासा नेपाल र सुरक्षित यात्रा अभियान नेपालको संयोजन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा बुटवलमा आयोजित सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरीय जनचेतनामूलक कार्यक्रममा बोल्दै मन्त्री पन्थीले उक्त कुरा बताएका छन् ।

लुम्बिनी प्रदेशका उद्योग वन, वातावरण पर्यटन तथा यातायात मन्त्री जानकीप्रसाद यादवले दुर्घटना न्यूनीकरणका लागि नागरिक सचेतना जगाउन लुम्बिनी प्रदेश सरकारले आवश्यक कदम चाल्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ