बुद्धस्थल अवलोकन

समाचार

कपिलवस्तु, ११ फागुन । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त स्वास्थ्यमन्त्री विष्णु पन्थीसहित लुम्बिनी विकास कोषको टोलीले कपिलवस्तुमा रहेका बुद्धस्थलहरुको अवलोकन गरेको छ ।

टोलीले कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र, निग्लिहवा, सगरहवाको अवलोकन गरेको हो ।

टोलीमा बुद्धस्थलको विकास तथा त्यसँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मन्त्रीसहितको टोलीले बुद्धस्थलको स्थल अवलोका गरेको हो ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १‘क’ बाट निर्वाचित सांसदसमेत रहेका मन्त्री पन्थीले गौतमबुद्धको घर नै कपिलवस्तु भएकाले यहाँका बुद्धस्थलको संरक्षणसँगै प्रवद्र्धन गर्ने गरी योजना बनाउन अवलोकन गरिएको बताए ।

मन्त्री पन्थीले बुद्धस्थललाई जोडे् पर्यटक आकर्षित गर्न अन्य पर्यटन संरचना निर्माण गर्ने गरी पहल भइरहेको बताए ।

संघीय, प्रदेश र स्थानीय सरकार, लुम्बिनी विकास कोष र अन्तर्राष्ट्रिय दातृ निकायलाई जोडेर कपिलवस्तु बुद्धस्थल क्षेत्रमा पर्यटन पूर्वाधार बनाउन पहल थालिएको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ