बारा, १२ फागुन । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाबाट निकट भविष्यमै कलैयामा निर्माण हुने प्रदेश स्तरीय कृषि बजारको जग्गाको कृषिमन्त्री ज्वाला कुमारी साह सहितको टोलीले निरीक्षण गरेकी छन् ।
निरीक्षण पछि बारा उद्योग वाणिज्य सङ्घमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बर्खी बजारमा रहेको सो जग्गामा कृषि बजार निर्माण गर्नका लागि मन्त्रालयबाट रु २५ करोड रुपैयाँ बिनियोजन गरिसकेको बताउँदै चाडै नै प्रक्रिया पु¥याई निर्माणको कार्य थाल्नी गर्नका लागि मातहतलाई निर्देशन दिइसकेको बताएकी हुन् ।
देशभरमा प्रदेश स्तरीय बजार निर्माण ४ वटा ठाउँमा मन्त्रालयले गर्ने सोच राखेको बताउँदै गृह जिल्लाको सदरमुकाम कलैयाबाट नै सो अभियानको थालनी पहिलो चरणमा गरेको जानकारी दिइन् ।
मधेश प्रदेशको ८४ वटा पालिकाहरूमा ठुलो र सानो आयोजनाहरू राखेर काम गर्न मन्त्रालय लागि परेको भन्दै मन्त्री साहले एक हप्ता भित्रमा किसानहरूको हातमा पैसा जाने प्रकारले दूधको मूल्य बढाउने उद्घोष गरिन् ।
बिगत लामो समय देखि सञ्चालनमा नरहेको कलैया डेरीलाई सञ्चालनमा ल्याउनका लागि प्रक्रिया अगाडी बढाउने उनले भनिन् ।
तपाईको प्रतिक्रिया