रूपन्देही, १२ फागुन । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
शुद्धोधन गाउँपालिका–३ सखुवानीस्थित सडकमा मनकामना इँटाभट्टाबाट सखुवानी मन्दिरतर्फ जाँदै गरेको लु.३ त ७३७८ नम्बरको ट्याक्टरबाट लडेर सियारी गाउँपालिका–७ चपरिटोल बस्ने २३ वर्षीय लक्ष्मण केवटको बिहीबार राति मृत्यु भएको छ ।
ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी, मायादेवी गाउँपालिका–४ सेमरी चोकमा भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु.३८ प ६८६० नम्बरको मोटरसाइकललाई लु.१ च ५७८६ नम्बरको पिकअपले शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक मायादेवी गाउँपालिका–४ मोतिपुर बस्ने ३० वर्षीय श्याम नारायण पालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया