सर्लाही क्याम्पसमा लोकतान्त्रिक विद्यार्थी संघको इकाई कमिटी गठन

समाचार

सर्लाही, १२ फागुन । सर्लाही क्याम्पसमा लोकतान्त्रिक विद्यार्थी संघको इकाई कमिटी गठन भएको छ ।

लोविसंघको सर्लाही जिल्ला कार्यसमितिका अध्यक्ष आकाश कुमार यादवको अध्यक्षतामा शुक्रबार क्याम्पसमा अध्ययनरत सयौं विद्यार्थीको उपस्थितिमा लोसपाका युवा नेता मिथलेश यादव र सर्लाही जिल्ला कार्यसमितिको सचिव दिगेश्वर नायकको उपस्थितिमा इकाई कमिटी गठन भएको हो ।

सर्लाही जिल्लाको लोकप्रिय क्याम्पस सर्लाही क्याम्पसमा यहि आउँदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई लक्षित गरि रोहित महतोको नेतृत्वमा ४१ सदस्यीय इकाई कमिटी गठन गरिएको हो ।

इकाई कमिटीमा उपाध्यक्षहरु शत्रुधन राम, संगिता यादव, रंजीता साह, बिर्जुन यादव, सचिव विकेश ठाकुर, सहसचिवहरु रुबि कुमारी यादव, निर्मा पण्डित र रवि कुमार पण्डित र कोषाध्यक्ष रंजीता यादव चयन भएका छन् ।

साथै सो क्याम्पसमा स्ववियु चुनावको लागि क्याम्पसमा चहलपहल र विद्यार्थीमा नयाँ तरंग आएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको युवा नेता मिथलेश यादवले सर्लाही क्याम्पसको चुनाव पश्चात् क्याम्पसमा विद्यार्थीहरुले वर्षौंदेखि भोगी आइरहेका सम्पूर्ण शौक्षिक समस्याहरुको निकाश आउने र क्याम्पस भित्र अनावश्यक राजनीतिक द्वन्दको अन्त्य हुने बताए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ