राष्ट्रपतिमा काङ्ग्रेसको उम्मेदवारलाई समर्थन गर्ने जसपा बैठकको निर्णय

समाचार

काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा नेपाली काङ्ग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

शुक्रबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो ।

उपराष्ट्रपति जसपाले पाउने गठबन्धन दलहरुबीच सैद्धान्तिक सहमति भएपनि पार्टी बैठकमा उपराष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल भएन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ