काठमाडौं, १४ फागुन । विभिन्न प्रलोभन देखाएर विभिन्न जिल्लाबाट उनीहरुलाई काठमाडौं ल्याएर बन्धक बनाएको आरोपमा चिनियाँ नागरिक याङ लि मिङ पक्राउ परेका छन् ।
प्रहरीले ५ जना किशोरीलाई उद्धारसमेत गरेको छ । तीमध्ये दुई जनालाई यौन दुर्व्यवहार गरेको आशंका गरिएको छ ।
प्रहरीका अनुसार ललितपुरको गोंगटीमा उनीहरुलाई राखेको पाइएको छ । एक जना किशोरीले परिवारसँग सम्पर्क गरेपछि ब्यूरोसम्म चिनियाँ नागरिकबारे कुरा पुगेको थियो ।
त्यसक्रममा तीन चिनियाँ नागरिकले विभिन्न प्रलोभन देखाएर किशोरीहरुलाई काठमाडौं बोलाएको पाइएको प्रहरीको भनाइ छ ।
तपाईको प्रतिक्रिया