कपिलवस्तु, १४ फागुन । शिवराज नगरपालिका वडा नं. ९ बिजगौरीका मेघराज घर्ती १६ किलो लागूऔषध (चरेश) सहित प्रकाउ परेका छन् ।
घरमा लागूऔषध चरेस लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा र ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट संयुक्त रुपमा खटि गएकोे टोलीले उक्त चरेश बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त कुराको जानकारी गराइएको हो ।
घरभित्र लुकाई छिपाई राखेको तौल गर्दा १६ किलो लागूऔषध चरेश जस्तो देखिने हल्का कालो गिलो पदार्थ फेला पारी मेघराज घर्ती मगरलाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले बताए ।
घर्तीलाई थुनामा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया