कपिलवस्तु, १५ फागुन । प्राकृतिको कुचिकारको रुपमा रहेको गिद्धको संरक्षणमा स्थानीय सरकार तथा सबै सरोकारवालाहरु लाग्नुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन् ।
नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसियसन र पंछी संरक्षण संघको आयोजनामा वाणगंगामा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त धारणा आएको हो ।
कार्यक्रममा बोल्दै वाणगंगाका नगर प्रमुख चक्रपाणी अर्यालले वाणगंगा क्षेत्रमा रहेका राजापानी र अन्य सामुदायिक क्षेत्रमा रहेका गिद्धहरुको संरक्षण गर्नका लागि नगरपालिकाले योजना बनाएर काम गर्ने बताए ।
त्यसका लागि प्राविधिक र वनहरुसंगको सहकार्यमा काम अगाडी बढाउने बताए ।
त्यस्तै एसोसियसनका केन्द्रिय अध्यक्ष राम प्रसाद मेहताले गिद्ध लगायत अन्य चराहरुको संरक्षणको लागि स्थानीय तह ,प्रदेश र संघले समन्वयात्क रुपमा सहकार्य गरि संरक्षणका कार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा पछिं सरक्षण संघका भुपाल नेपाली र डा.सजिव पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । नेभ्लाका जिल्ला अध्यक्ष परमेश्वर यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेभ्लाका पुर्व केन्द्रिय अध्यक्ष लोकराज भुषाल,पुर्व जिल्ला अध्यक्ष खिम बहादुर टण्डन, लगायतले धाराण राखेका थिए ।
पशुमा प्रयोग गरिने डाइकलोफेनिक सोडियमको औषधीले गर्दा उक्त पशुहरु मरेर सिनो खादा गिद्धहरुको मृगौला खरावीको कारण धेरै गिद्धहरु नेपालमा लोप भएका प्राविधीकहरुले बताएका छन् ।
उक्त औषधी नेपालमा बन्द गरिएपनि भारतको सिमाना वाट अवैध रुपमा आएर प्रयोग हुन सक्ने बताइएको छ । सन् १९८० मा नेपालमा करिव १५ लाखको हाराहारीमा रहेका गिद्धहरु हाल २० हजारको हाराहारिमा रहेको तथ्याकंले देखाएको छ ।
नेपालमा ९ प्रजातीका गिद्धहरु रहेका छन् । अैषधीको प्रयोग, वासस्थानको लोप र खानामा समस्या भएको कारण वर्षैनी गिद्धहरु लोप भैरहेका छन् ।
सोही अवसरमा नेभ्लाको कार्यालय भवन बनाउनको लागि १० हजार अभियानको सुरुवात गरिएको छ कपिलवस्तु वाट परमेश्वर यादव सहीत ७ जनाले गरि ७० हजार रकम संकलन गरिएको नेभ्लाले जनाएको छ ।
तपाईको प्रतिक्रिया