समुदायका अभिभावकहरु र नमुना बुवाहरुबीच अन्तरक्रिया

समाचार

कमल राज पौडेल देवकमल, बर्दिया, १५ फागुन । बारबर्दिया नगरपालिकामा बालबालिकाको सपना परियोजना अन्तर्गतको समुदायका अभिभावकहरु र नमुना बुवाहरुबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल र थारु महिला उत्थान केन्द्रको साझेदारीमा बालबालिकाको सपना परियोजना अन्तर्गतको उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

परियोजनाले बालबालिकाका लागि गरिएको विभिन्न कार्यक्रमको बारेमा छलफलका साथै सरोकारवाला, अभिभावकहरु र नमुना बुवाहरुबीच अन्तरक्रिया भएको हो ।

थारु महिला उत्थान केन्द्रको साझेदारीमा संचालित विभिन्न कार्यक्रमअन्तर्गत यस परीयोजनाले प्रत्यक्ष रुपमा बालबालिका र अभिभावकलाई संगै जोडेर काम गर्ने गरेको छ ।

कार्यक्रममा यस परियोजनाले समुदायमा हुने गरेका र भएका बालबालिकाहरुप्रति गरिने व्यवहार सकारात्मक हुँदै गएको छलफलका सहभागीहरुले बताए ।

बुवाले गर्ने व्यवहार, घरायसी वातावरणका साथै बालबालिकासँग गरिने व्यवहार कस्तो हुनु पर्छ त्यस विषयमा आफूले सकारात्मक विचार पाएको सहभागीहरुको भनाई छ ।

बालबालिकाको सपना परियोजनाअन्तर्गत संस्थाले बारबर्दिया, ठाकुरबाबा र राजापुर नगरपलिकामा परीक्षणकालको रुपमा कार्यक्रम संचालनमा गरेको हो ।

हाल बारबर्दिया नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५, ठाकुरबाबा नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्म सबै र राजापुर नगरपालिकाको ६, ८, ९ र १० मा र सो कार्यक्रम संचालनमा रहेको परीयोजानाको परीयोजना अधिकृत नरेश चौधरीले बताए ।

बुवाहरुको सहभागिता बढाउनमा केही समस्या तथा चुनौती रहेता पनि विस्तारै–विस्तारै उनीहरुको सहभागिता बढ्दै गएको उनी बताउँछन् ।

पाइलेट प्रोजेक्टको रुपमा रहेको यस परीयोजनामा महिला तथा बालबालिका नङ–मासुका रुपमा रहने भएका हुँदा उनीहरुको सुन्दर भविष्य निर्माण, असल नागरिक बन्नका निमित्त बालबालिकालाई विशेष केन्द्रबिन्दुमा राखेर थारु महिला उत्थान केन्द्रले काम गर्दै अएको थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ