ब्राउनसुगरसहित तीन जना पक्राउ

समाचार

कैलाली, १५ फागुन । धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् ।

ब्राउनसुगर जस्तो देखिने ७ ग्राम २ सय मिलिग्रामसहित टिकापुर नगरपालिका–१ बस्ने ३० वर्षीय प्रकाश बुढासमेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ