कमलराज पौडेल देवकमल, बर्दिया, १५ फागुन । बैंक तथा लघुबित्त र सहकारी संस्थाहरुको चर्को ब्याज तिर्न बाध्य भई ऋण मुक्त नभएका व्यक्तिहरु सबैले साथ दिए आफूले ऋण मिनाहा गराउने राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिका साथै नागरिक बचाउ महाअभियानका प्रमुख अभियन्ता दुर्गा प्रसाईले बताएका छन् ।
उक्त कुरा उनले उद्योग वाणिज्य संघ गुलरियाको आयोजनामा गुलरिया नगरपालिकाको मैदानमा भएको बैंक तथा वित्तिय संस्थाको ज्यादतीका विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै बताएका हुन् ।
अभियन्ता प्रसाई भन्छन्, ‘लघुवित्त र सहकारी सँग बाख्रा किन्न लिएको ऋण हात्ती किन्ने रकम बुझाउँदा पनि ऋण नसकींदा लाखौं नेपाली घर बिहीन बनेका छन् । किस्ता तिर्र्न बिदेशीयका नेपालीहरु बिदेशी जेलमा जीवन बिताउन बाध्य भएका छन् । लघुबित्त र सहकारीको ज्यादतीले मानिसहरुलाई आत्महत्या गर्न बाध्य बनाएको छ । घरका सबै सदस्य विदेशीदाँ पनि किस्ता तिरेर सकिएको छैन् । के यीनीहरुको हामी दास हो ?’
उनले भने, ‘तपाईहरु हिम्मत नहार्नुस् । आत्महत्या नगर्नुस् । २० लाख भन्दा कम ऋण लिएकाको म जसरी पनि ऋण मिनाह गराउँने वातावरण सिर्जना गर्छु । सरकारले पनि २० लाख गरिब जनताले खाए त खाए भन्ने सम्झनु पर्ने तर्क दिँदै अभियनता प्रसाईले भन्नुभयो, ‘धनिको लागि ऋण मिनाह गर्ने भनेको होइन, गरिबको लागि हो’ २० लाख भन्दा बढी ऋण लिएकालाई ४ देखि ६ प्रतिशत व्याज होस्, हामी तिर्छौ ।’
उनले यस अभियानका निम्ति आगामी २० गतेदेखि काठमाडौंमा जनविद्रोह सुरु हुने जानकारी गराए । विद्रोहमा सम्पूर्ण नेपालीहरुले आफूलाई साथ दिन समेत आग्रह गरे ।
उक्त कार्यक्रममा लघुबित्त र सहकारीको ज्यादती भोगेका पीडित महिलाहरुले अभियन्ता प्रसाई समक्ष आ–आफ्नो पिडा सुनाएका थिए ।
लघुबित्तको चपेटामा परेकी र ढाड भाँचिएर अशक्त अवस्थामा रहेकी मधुवनकी एक महिलालाई झापामा रहेको आफ्नो अस्पतालमा निशुल्क उपचार गर्ने प्रसाईले प्रतिबद्धता जाहेर गरे । फागुन १ गते देखी प्रसाईंले संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा व्यवसायीक वातावरणको माग गर्दै ‘नागरिक बचाऊ महाअभियान’ सुरू गरेका हुन् ।
तपाईको प्रतिक्रिया