काठमाडौं, १५ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालको छानविन समितिले आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेकाहरु माथि छानविन गरी तयार पारिएको प्रतिवेदन पार्टीलाई बुझाउन लागिएको हो ।
पुसमा सम्पन्न राजनीतिक समितिको बैठकले कार्यकारिणी समिति सदस्य शिवलाल थापा नेतृत्वको छानवीन समितिलाई निर्वाचनमा अन्तर्घातको आरोप लागेका केन्द्रीय तहका नेताहरुमाथि छानविन गर्न माघ मसान्तसम्मको समय सीमा दिएको थियो ।
तर समितिलाई समितिको आग्रह अनुसार फागुन १५ गते सम्मको समय थप गरिएको थियो । समितिले आफ्नो काम सम्पन्न गरी प्रतिवेदन बुझाउन लागेको हो ।
तपाईको प्रतिक्रिया