चोरीपैठारीको सामान बरामद

समाचार

रौतहट, १५ फागुन । जिल्लाको गौर नगरपालिका ५ स्थित सबगढा र गरुडा नगरपालिका ५ स्थित शिवनगरबाट प्रहरीले चोरीपैठारीको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरीले करीब ५ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र किराना सामान बरामद गरेको हो ।

भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटले बरामद गरेको छ ।

बरामद लत्ताकपडा तथा किराना सामान भन्सार कार्यालय गौरमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ