काठमाडौं, १६ फागुन । मधेशी एकता समाज युएईले दुबईमा होली विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
विभिन्न पेशा ब्यवसायमा संलग्न मधेशीहरुको साझा संस्थाको रुपमा कार्यरत् मधेसी एकता समाज युएईले अस्ति आइतबार होली विशेष कार्यक्रम सम्पन्न गरेको हो ।
युएईमा स्थापना भएको छोटो समयमै सामाजिक काम मार्फत स्थापित भएको मधेशी एकता समाजले युएईमा समस्यामा परेका मधेशी समुदाय तथा नेपाली नागरिकलाई सहयोग गर्दै आएको छ ।
त्यस्तै समाजले मधेशमा समस्यामा परेका आफ्नो समुदायका नागरिकलाई आर्थिक, भौतिक तथा आवश्यक सहयोग गर्दै आएको छ ।
कार्यक्रममा नेपालबाट आएका मधेशी समुदायमा चर्चित कलाकारहरु गायकद्वय देवेंद्र साह सोनी र देव अहिराव तथा नृत्यंगना प्रीति पासवान र गायिका शिवानी भगतले आ–आफ्ना प्रस्तुतीहरु दिएका थिए ।
त्यस्तै युएईमा कार्यरत स्थानीय नेपाली कलाकारहरुको समूहले विभिन्न साँस्कृतिक तथा संगीतिक कार्यक्रम मार्फत दुबईलाई अग्रिम होलीमय बनाएका थिए ।
कार्यक्रममा उपस्थित सम्पूर्णले होलीको रङगहरु एक आपसमा लगाउँदै एक–आपसमा हर्षोउल्लास गरीएको थियो । त्यस्तै समाजलाई बिभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई सम्मानपत्रबाट सम्मान समेत गरिएको थियो ।

होली आउन १० दिन बाँकी छदै यस् पटक आयोजना गरेको होली विशेष कार्यक्रम सांगीतिक तथा साँस्कृतिक मात्रै नभएर बौद्धिक बहसको रुपमा पनि मनाईएको छ ।
त्यसका लागि समाजले प्रसिद्ध विश्लेशक तथा स्तम्भकार सीके लाललाई प्रमुख अतिथीको रुपमा उपस्थित गराएर मधेश र मधेशी समुदाय तथा नेपालको आगामी अवस्था बारे विश्लेषण समेत गरिएको थियो ।
विश्लेषक लालले देश वा मधेशमा बिभिन्न राजनीतिक आन्दोलन भए पनि नागरिकले परिवर्तनको महसुश गर्न नसकेको बताए । राजनीतिक चेतना बेगर कुनै पनि परिवर्तन सम्भव नभएको उल्लेख गरे ।
कार्यक्रममा नेपालबाट सस्थाकी नेपाल एकाइ प्रमुख डा.बवी सिंह यादव, अर्चना दास, संस्थापक डा. रबिन्द्र कुमार यादव, वैज्ञानिक तथा समाजका पूर्व अध्यक्ष मुकेश झा, प्रवासी मन्च माल्टाका अध्यक्ष सत्य झा तथा समाजसेवी हेमा मण्डलको विशेष आतिथ्यता तथा युएईमा सकृय बिभिन्न संघ–सस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै संस्थाकी उपाध्यक्ष डा.मितुषी मितल झा ।
संस्थाले नेपालमा गरेका सामाजिक कामका बारेमा डा. बबी सिंह यादवले प्रस्टाएका थिए । संस्थापक डा.रविन्द्र कुमार यादवले युएईमा मधेशी एकता समाजको स्थापना गर्नुको कारण र यसले गरिरहेका कार्यक्रमबारे प्रस्तुतीकरण गरेका थिए ।
पछिल्ल्लो समय संस्थालाई मध्यपूर्व तथा अन्य देशहरुमा रहेका मधेशीहरु बीच सम्बन्ध बिस्तार गर्दै संस्था स्थापना गरी अघि बढ्ने कार्ययोजना अनुरुप आफ्नो नेतृत्वले काम गरिरहेको संस्थाका अध्यक्ष कृष्ण ठाकुरले बताए ।
संस्थाकी उपाध्यक्ष डा. मितुशी मित्तल झाले स्वागतसँगै भएको कार्यक्रम औपचारिक रुपमा महासचिव रोशन देव र साँस्कृतिक कार्यक्रमको प्रवक्त्ता ललित रायको सन्चालनमा भएको थियो । बर दुबईमा रहेको होलिडे ईनमा भएको कार्यक्रममा ३ सय जना बढी नेपालीको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया