प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

समाचार

विराटनगर, १६ फागुन । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश नं. १ को प्रदेश सभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुनआएको दुई विधेयक प्रमाणीकरण गरेका छन् ।

‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको बिधेयक, २०७९’ र ‘केही प्रदेश ऐनलाई संशोधन गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको बिधेयक, २०७९’ लाई नेपाल संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ