खान सिलाई कटाई प्रशिक्षण केन्द्रद्वारा एक महिने सिलाई कटाई तालिम सम्पन्न

समाचार

इमरान खान, कपिलवस्तु, १७ फागुन । खान सिलाई कटाई प्रशिक्षण केन्द्रद्वारा एक महिने सिलाई कटाई प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर १ को सहयोग तथा खान सिलाई कटाई प्रशिक्षण केन्द्रको आयोजनामा सो तालिम सम्पन्न भएको हो ।

उक्त सिलाई कटाई प्रशिक्षणमा कुल १६ जना प्रशिक्षणार्थीहरु रहेका थिए । कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जाहिद खाँको प्रमुख आतिथ्यता, अतिथि १ नम्बरका वडा सचिव सुबास गौतम तथा प्रमुख एवं प्रशिक्षक रेहाना खातुन समाजसेवी सदाब खान, नसिमा खातुन लगायतको आतिथ्यतामा टिका लगाई प्रमाण पत्र प्रदान गरि प्रशिक्षार्थीहरुलाई विदाई गरिइएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष जाहिद खानले यस्तो शिपमुलक कार्यक्रमले यहाँका विपन्न गरिब असाहयहरुलाई रोजगारमा अन्तमनिर्भर बनाई सानो रोजगार सहि तर रोजगारको सृजना गरेको बताएका थिए ।

आउने दिनमा यस खान सिलाई कटाई प्रशिक्षण केन्द्रले यहाँका गरिब महिलाहरुलाई अन्तमनिर्भर बनाई रोजगारको सृजना गराउन कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले सदैव सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

खान सिलाई कटाई प्रशिक्षण केन्द्रका प्रमुख एवं प्रशिक्षक रेहाना खातुनले यो एक महिना तालिममा विपन्न, गरिब, बेरोजगारहरुलाई अन्तमनिर्भर बन्न सानो सहयोग गरेको तर यस कपिलवस्तु नगरपालिका, संग सस्था तथा वडा कार्यालयहरुले यस्ता शिपमुलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरिन् ।

प्रशिक्षणार्थीहरुले कपिलवस्तु नगरपालिका वडा नम्बर १ को सहयोग र खान सिलाई कटाई प्रशिक्षण केन्द्रको आयोजनामा जुन यस्तो शिपमुलक कार्यक्रमले आफुहरुलाई रोजगारको सृजना गराएकोमा केन्द्र तथा नगरपालिका वडा नम्बर १ लाई धन्यबाद दिदै खुसी व्यक्त गरेका थिए ।

खान सिलाई कटाई प्रशिक्षण केन्द्रकी प्रमुख प्रशिक्षक रेहाना खातुन विगत २० बर्ष देखि सिलाई कटाई गर्दै आएको र नगरपालिका वडा कार्यालय लगायत विभिन्न संघ संस्थाहरु बाट प्रशिक्षण तालिम लि प्रशिक्षण दिने गरेको प्रशिक्षक रेहाना खातुनले बताइन् ।

हालसम्म लगभग हजारौं भन्दा बढी प्रशिक्षणार्थीहरुले प्रशिक्षण दि हाल आफै सिलाई कटाई गर्दै रोजगार सृजना गरेको प्रशिक्षण रेहाना खातुनले बताइन् ।

रेहाना सिलाई कटाई प्रशिक्षण केन्द्र बाट ४०० भन्दा बढी प्रशिक्षणार्थीहरुले प्रशिक्षण लि अहिले आफ्नो सिलाई कटाईबाट आफ्नो परिवारलाई पाली रहेकी छिन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ