प्रतिनिधिसभाको बैठक चैत ५ गते बस्ने

समाचार

काठमाडौं, १७ फागुन । प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको छ ।

संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै बुधबार दिउसो १ बजेका लागि तय भएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएको हो ।

विशेष कारणवश बैठक स्थगित भएको संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

निर्धारण भएको प्रतिनिधिसभा बैठक बिशेष कारण उक्तदिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ र उपनियम (३) बमोजिम सम्मानीय सभामुखज्युले बैठक मिति २०७९ चैत ५ गते आइतवार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नु भएको माननीय सदस्यहरुलाई जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ,’ जारी सुचनामा भनिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ