बृहत् सहमतिको सरकार बन्ने : सिंह

समाचार

जनकपुरधाम, १८ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपतिको चुनाव सम्पन्न भएपछि वृहत् सहमतिको सरकार बन्ने बताएका छन् ।

जनकपुरधाममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेता सिंहले राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै उपराष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल शुरु हुने बताएका हुन् ।

उनले उपराष्ट्रपति जनता समाजवादी पार्टीको भागमा परेको र सो पार्टीले राम्रो उम्मेदवार दिने आशासमेत व्यक्त गरे ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता सिंहले वर्तमान गठबन्धन लोकतन्त्र, राजनीतिक स्थिरता र विकासका लागि निरन्तर रुपमा अगाडि बढ्न जरुरी रहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ