जानकी मन्दिर परिसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम बाहेक अन्य कार्यक्रम गर्न निषेध

समाचार

जनकपुरधाम, १८ फागुन । जानकी मन्दिर परिसरमा जानकी मन्दिरको कार्यक्रम बाहेक अन्य कार्यक्रम गर्नमा पूर्ण रुपमा निषेध गरिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालको अध्यक्षतामा बिहीबार अधिकृत सङ्गमको सभाकक्षमा भएको सर्वपक्षीय बैठकबाट जानकी मन्दिर परिसरमा जानकी मन्दिरको आयोजनामा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रम बाहेक अन्य कुने कार्यक्रम गर्नमा निषेध गरेको छ ।

हालै मात्र जनकपुर साहित्य महोत्सव जानकी मन्दिर परिसरमा सम्पन्न भएका थिए । अब जानकी मन्दिरमा त्यस्ता कार्यक्रम गर्नमा निषेध गरेको छ ।

जानकी मन्दिरमा कार्यक्रम गर्दा मन्दिर फोहर हुनुका साथै सुरक्षा चुनौती बढ्ने भएको भन्दै कुनै पनि कार्यक्रम गर्न नपाउने निर्णय सर्वपक्षीय बैठकले गरेको छ ।

बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ