कमल राज पौडेल देककमल, बर्दिया, १९ फागुन । लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको दलित महिला उत्थान संघले लुथरन वाल्र्ड रिलिफको सहयोगमा “यूवा तथा महिला उद्यमशिलता विकास परियोजना” अन्र्तगत उद्यमशिलताको माध्यमबाट यूवा तथा महिलाको आर्थिक अवस्था सुधार गर्ने लक्ष्य सहितको नगरपालिका स्तरीय परियोजना शुभारम्भ बैठक सम्पन्न गरेको छ ।
गुलरिया नगरपालिका र मधुवन नगरपालिका भित्रका २ सय ५० जना जस्को उमेर १६ वर्ष माथि ४० वर्षमुनी भएका यूवाहरुलाई लिएर यो कार्यक्रम शुरु भएको जनाइएको छ ।
यो परियोजनाको अवधि दुई वर्षको रहनेछ । विशेष गरेर दैनिक १हजार ५ सयका दरले असुरक्षित बैदेशिक रोजगारमा गएर दुखपाई रहेका यूवाहरु जो स्थानीय स्तरमै केहि रोजगार गर्न चाहन्छन् र यहाँ कुनै सम्भावना देखेका छैन्न र विभिन्न अवरसको खोजिमा राहेका छन्, त्यस्ता खालका यूवाहरुलाई समेटेर नयाँ उद्यमहरुको सुरुवात र साना तथा लघुउद्यमहरुमा सहयोग, बजार व्यवस्थापन तथा बजारिकरणमा सहयोग र वित्तिय तथा सहकारी क्षेत्रहरुसंग सम्बन्ध विस्तार तथा सहकार्य गर्ने उदेश्य राखेर संस्थाले नगरपालिका स्तरीय परियोजना संचालनमा ल्याएको कुरा दलित महिला उत्थान संघ बर्दियाका कार्यक्रम संयोजक विष्णु नेपालीले नगरपालिका स्तरीय परियोजना शुभारम्भ बैठकमा संचारकर्मीहरुलाई जानकारी दिनु भयो ।
उक्त कार्यकममा गुलरिया नगरपालिकाको उप प्रमुख सावित्रा गौतम लगायत पालिकाका वडा अध्यक्ष्यहरुका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र स्थानीय आम संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया