काठमाडौं, २० फागुन । निवर्तमान प्रदेश प्रमुख एवं राजनीतिक विश्लेषक डा.राजेश अहिराजलाई ‘पृथ्वी पुरस्कार’ प्रदान गरिएको छ ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले गोरखा जिल्लाको सदरमुकाममा शनिबार आयोजना गरेको एक समारोहमा डा.अहिराजलाई एक लाख नगदसहित सम्मान गरेको हो ।
३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा घोषणा गरिएको पुरस्कार शनिबार प्रदान गरिएको हो ।
दोस्रो संस्करणको पुरस्कार पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा आएर वितरण गर्न पाउँदा खुसी लागेको संगठनका अध्यक्ष भरत क्षेत्रीले बताए ।
पालुङटार नगरपालिका–३ का क्षेत्रीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा गत वर्षबाट १ जनालाई पुरस्कृत गर्ने अभियान थालेका हुन् । पुरस्कार ग्रहण गर्दै झाले प्राप्त रकम समाज निर्माण क्षेत्रमा खर्च गर्ने बताए ।
साथै, उनले पृथ्वीनारायाण शाहको दिव्यउपदेशको सान्दर्भिकताबारे चर्चा गरेका थिए । सातवटै प्रदेशमा पृथ्वीनारायण शाहको दिव्यउपदेशबारे छलफल चलाउनुपर्ने धाराणा राखे ।



तपाईको प्रतिक्रिया