कपिलवस्तु, २१ फागुन । कपिलवस्तु जिल्लाको समग्र विकासको आधार धार्मिक स्थलको प्रर्वधन, पर्यटन, कृषि, उद्योग र व्यापार भन्ने नाराका साथ आगामी चैत १ गतेदेखि १२ गतेसम्म सातौं प्राचीन कपिलवस्तु महोत्सव हुने भएको छ ।
तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा तौलिहवास्थित बुद्ध पद्यम माविको खेल मैदानमा महोत्सव संचालन हुने र महोत्सवको तयारि तिव्र रुपमा भैरहेको तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल समितिका संयोजक गयादिन कुर्मीले बताए ।
मेलामा बुद्ध सम्बधी विषयबस्तुका गोष्ठी तथा अनर््तरक्रिया र प्रतियोगिता, सास्कृतिक कला तथा झाकि प्रर्दशन, कृषि पर्दशनी, बाल उद्यान, झुला लगायतको आकर्षण हुनेछ ।
महोत्सव साझमा ंसचालन हुने हुदा फुर्सदको समयको सदुपयोगको लागि दर्शकहरुलाई सहज हुने छ । स्थानीय तथा राष्ट्यि स्तरका कलाकारहरुको प्रस्तुतीसमेत दैनिक रुपमा हुने बताइएको छ ।
महोत्सवको लागि विभिन्न तयारी समिति वनाई कामहरु भैरहेको समेत अध्यक्ष कुर्मीले बताए ।
कोरोनाको कहरपछि रोकिएको महोत्सव यस वर्षवाट सूरु भएपछि मेलाको अवलोकन नेपाल तथा भारतका दर्शकहरुले गर्ने बताइएको छ ।
तपाईको प्रतिक्रिया