काठमाडौं, २१ फागुन । सञ्चारकर्मी अनन्त अनुराग ‘पटमूर्ख’ घोषित भएका छन् ।
मधेशी पत्रकार समाजले काठमाडौंमा फगुवा (होली)को पूर्वसन्ध्या आइतबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा सञ्चारकर्मी अनुराग पटमूर्ख घोषित भए ।
सञ्चारकर्मी अनुराग आगामी एक वर्षका लागि पटमूर्खको पदवी पाएका हुन् ।
मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले अब हरेक वर्ष एक जना विशिष्ट व्यक्तिलाई पटमूर्ख घोषणा गर्ने बताएका छन् ।
कार्यक्रममा अनुरागलाई उपस्थित नागरिक समाजका अगुवा, समाजसेवी तथा सञ्चारकर्मीहरुले सर्वसम्मतरुपमा पदमूर्ख मनोनयन गरेका छन् ।
शुभकामना आदान–प्रदान कार्यक्रममा होली पर्वको ऐतिहासिकता, महत्व र सान्दर्भिकताबारे मधेशी सञ्चारकर्मी र नागरिक अगुवाहरुबीच बहस भएको थियो ।
मधेशी पत्रकारा समाजका अध्यक्ष मोहन कुमार सिंहको अगुवाईमा भएको शुभकामना आदान–प्रदान कार्यक्रममा अधिवक्ता एवं भोजपुरी भाषाका साहित्यकार आनन्द गुप्ता, नागरिक अगुवा ज्योति झा, लगायत मधेशी सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया