मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

समाचार

रौतहट, २१ फागुन । बौधिमाई नगरपालिका–५ कोप्वा मौलापुर सडक खण्डमा प्रदेश.२–०३०–१५ प ८५०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार यमुनामाई गाउँपालिका–४ सरूअठा बस्ने ५० वर्षीय देव नारायण साहको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ