घरको छतबाट खसेर मृत्यु

समाचार

रूपन्देही, २१ फागुन । बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्क बस्ने ६५ वर्षीय धनै मल्लाह आफ्नै एक तले घरको छतबाट खसेर आइतबार बिहान मृत्यु भएको छ ।

अचानक खसेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ