कैलाली, २२ फागुन । कैलाली जिल्लाको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
कैलारी गाउँपालिका–२ उजेली सिमराबाट अवैध लागूऔषध ब्राउनसुगर १८ ग्राम ६ सय ८० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ डेरा गरी बस्ने २१ वर्षीय आशिष चौधरी र घोडाघोडी नगरपालिका–४ बस्ने २७ वर्षीय करन रावल रहेका छन् । ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, गोदावरी नगरपालिका–१ भरतबपुर बस्ने २७ वर्षीय दिनेश नाथ र गोदावरी नगरपालिका–४ बुढितोला बस्ने ३६ वर्षीय शेर बहादुर तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ७० मिलिग्रामसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले दिनेशको कोठाबाट ६ ग्राम १ सय ५० मिलिग्राम शेर बहादुरलाई गोदावरी नगरपालिका–२ दक्षिणकाली पेट्रोलपम्प नजिकबाट २ सय २० मिलिग्राम ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया