कपिलवस्तु, २२ फागुन । कपिलवस्तु नगरपालिका–६ बेल्सापुर सुपादेउराली इँटाभट्टामा काम गर्ने कैलाली जोशिपुर गाउँपालिका–३ लकडा बस्ने ४५ वर्षीय आश बहादुर कठरियाको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
इँटाभट्टाको कम्पाउण्डभित्र रहेको नालामा लाईनबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया