राष्ट्रपति निर्वाचनका लागि निर्वाचन प्रतिनिधि तोक्ने नौ दलीय गठबन्धनको निर्णय

समाचार

काठमाडौं, २३ फागुन । नौ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचन परिचालन संयन्त्रको आज बसेको बैठकले पर्सि हुने राष्ट्रपति निर्वाचनको मतदान, मतगणना लगायतका कार्यका लागि निर्वाचन प्रतिनिधि तोक्नका लागि तयारी गर्ने निर्णय गरेको छ ।

नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले हाललाई राष्ट्रपति निर्वाचनकै सम्बन्धमा छलफल केन्द्रित गरेको बताइएको छ ।

राष्ट्रपतिको निर्वाचन पछि मात्रै सरकारलाई पूर्णता दिने लगायतका विषयमा सहमति खोज्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ