मोरङ, २३ फागुन । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध दुई जना पक्राउ परेका छन् ।
लुपिजेशिक ५० एम्पुल, एभिल ५० एम्पुल, डाईजेपाम ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा केराबारी गाउँपालिका–७ बस्ने १९ वर्षीय दिपेश मगर र झापा दमक नगरपालिका–४ बस्ने १९ वर्षीय राजन बिक रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया