महिलाको संघर्ष अविस्मरणीय : मुख्यमन्त्री गिरी

समाचार

बुटवल, २४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि नेपाली महिलाले गरेको सङ्घर्ष अविस्मरणीय रहेको बताएका छन् ।

११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै उनले सो कुरा बताएका हुन् । उनले समावेशी, समानुपातिक र लैङ्गिक हिसाबले नेपालको संविधान विश्वमै नमूना रहेको बताए ।

राज्यका माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्थासँगै महिला समानतासँग सम्बन्धित विभिन्न अधिकारका विषयलाई संविधानले मौलिक हकका रुपमा समेत व्याख्या गरेको उनले उल्लेख गरे ।

सन्देशमा उनले भनेका छन्, “विगतका सङ्घर्षबाट प्राप्त उपलब्धिको सही प्रयोग गरेर समतामुलक र समावेशी नेपाली समाज निर्माणको अभियानमा हामी अघि बढिरहेका छौँ ।”

संविधानको सफल कार्यान्वयनबाट महिलाको सुरक्षा, सम्मान र रोजगारीको आधार खडा गर्दै समृद्ध नेपाल निर्माणको महाअभियानमा सबै एकताबद्ध भई अघि बढ्न उनले सबैमा अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ