उपराष्ट्रपतिको उम्मेद्बारका विषय छलफल गर्न जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

समाचार

काठमाडौं, २४ फागुन । जनता समाजवादी पार्टी, नेपालले उपराष्ट्रपतिको उम्मेद्वारका विषय छलफल गर्न भोलि बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

वर्तमान सत्तारुढ गठबन्धनमा जसपाले उपराष्ट्रपति पाउने सहमति भएको छ । जसपाले उपराष्ट्रपतिको उम्मेद्वार कसलाई बनाउनेबारे छलफल हुने र उम्मेद्वार टुंगो लगाउनेछ ।

सो बैठकमा उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जसपाको प्रचार विभागले जनाएको हो ।

पार्टी कार्यालय बालकुमारी बस्ने बैठक दिउँसो ३ बजे शुरु हुनेछ ।

जसपाले भोलि बिहान सांसदहरुलाई बालकुमारीमा उपस्थित हुन भनेको छ । पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम छ । बिहान ९ बजे उपस्थित हुन सबै सांसदहरुलाई सूचित गरिएको छ ।

जसपाका संघीय सांसद १४ र प्रदेश सांसदहरु २२ गरी ३६ सांसदहरु छन् । प्रतिनिधि सभा समानुपातिक तर्फको एक स्थान रिक्त छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ