पोलमा गाडी ठोक्किँदा एक जनाको मृत्यु

समाचार

रौतहट, २४ फागुन । विद्युतको पोलमा गाडी ठोक्किँदा रौतहटमा एक जनाको मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिका–८ चपुर गौरमा ना.१ ज ७०६१ नम्बरको गाडी बिद्युतको पोलमा ठोक्किएर मंगलबार साँझ दुर्घटना हुँदा चितवन राप्ती नगरपालिका–६ फुलरिया बस्ने दल बहादुर बिकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका अन्य ८ जनामध्ये ३ जनाको सोही अस्पतालमा उपचार भइरेको छ भने १ जनालाई थप उपचारको लागि वीरगंजतर्फ पठाइएको तथा ४ जना उपचार पश्चात डिश्चार्ज भएका छन् ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ