रौतहट, २४ फागुन । बिडीको ठुटोबाट आगलागी हुँदा रौतहटमा जलेर एक बालिकाको मृत्यु भएको छ ।
राजदेवी नगरपालिका–४ गडहिया बाँधस्थित राकेश राउतको घरमा विडी खाई फालेको ठुटोबाट मंगलबार साँझ आगलागी हुँदा उनकै छोरी ६ महिनाकी सिल्पी राउतको जलेर मृत्यु भएको छ ।
आगलागीबाट घर पूर्णरुपमा जलेर करिब ७५ हजार रुपैयाँ बराबर तथा उक्त आगो फैलिएर सोही ठाउँ बस्ने रामकिशुन साह र रुपा साह समेतको गोठघरमा समेत आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
तपाईको प्रतिक्रिया