शिवा शर्मा, बर्दिया, २५ फागुन । जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत अभियन्ता शम्भु थापाको रिहाई माग गर्दै राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान, बर्दियाका संयोजक कमल राज पौडेल देवकमलको नेतृत्वमा अभियन्ताहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
अभियन्ता थापालाई फागुन २१ गते जिल्ला प्रहरी कार्यालय चितवनले बिना कारण पक्राउ गरी हिरासतमा राखेको हुँदा महाअभियानले गम्भिर ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो ।
नेपालमा रहेका सम्पुर्ण बैंक, सहकारी र लघुबित तथा बितिय संस्था, इन्सुरेन्स, रिइन्सुरेन्स कम्पनीहरु ५५ जना ब्यापारी र १० जना नेताको कब्जामा रहेको, सिमित सामन्तको हातमा राज्य र राज्यको सम्पुर्ण आर्थिक क्षेत्र कब्जामा रही देशमा रहेको पैसा बिदेशि मुलुक दुबइ, सिंगापुर, अमेरिका जस्ता देशमा लगेर देश खोक्रो बनाएको, आज सर्बहारा बर्ग तथा मध्यम बर्गिय ब्यापारीहरु चर्को ब्याजदरको मारमा परि दैनिक नेपाली नागरिकले डोरीको पासो लगाइ, बिष सेवन गरि आफ्नै शरिरमा पेट्रोल खनाइ आत्मदाह गर्नु परेको, दैनिक करिब ३ हजार नेपाली नागरिकहरु बिदेशिनु परेको र बिदेशी जेलमा जिबन बिताउनु परेका जस्ता यथार्थहरु २०४६ साल देखि आज २०७९ साल अर्थात ३३ बर्ष सम्म यस देशमा चल्दै आइ रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको कुरा संयोजक पौडेलले जानकारी गराए ।
यहि सामन्तीहरुको बिरुद्घ सर्बहारा बर्ग र भुइमान्छे मध्यम बर्गका ब्यापारीहरुलाइ आत्महत्या गर्न बाट जोगाउन हिंडनु भएका महाअभियानका अभियन्ता थापालाई जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरिले बिना कारण पक्राउ गरेको प्रति महाअभियानको गम्भिर ध्यानाकर्षण भएको छ ।
तसर्थ राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका अभियन्तालाइ २४ घण्टा भित्र बिना सर्त तत्काल रिहा गर्न शान्तिपुर्ण निबेदन गर्दछौं । यदि तोकिएको समयमा रिहा नगरिएको खण्डमा ७७ जिल्लाका बैंक, सहकारी र लघुबित तथा बितिय संस्थाहरुमा पिडित ब्यवसायी र युबाहरुको आक्रोसले हुन सक्ने जनधनको क्षतिका लागी प्रशासन स्वयंनै जिम्मेवार रहने छ ।
साथै रिहा नहुन्जेल सम्मका लागी सम्पुर्ण बैंक तथा बित्तिय संस्थाहरु संचालनमा नल्याइ सहयोग गरिदिनु हुन अनुरोध समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।


तपाईको प्रतिक्रिया