रामसहाय यादवलाई जसपाले बनायो उपराष्ट्रपतिको उम्मेद्वार

समाचार

काठमाडौं, २५ फागुन । राष्ट्रपतिको निर्वाचन लगत्तै जनता समाजवादी पार्टी नेपालले उपराष्ट्रपतिको उम्मेद्वार तय गरेको छ ।

जसपाले संसदीय दलका नेता एवं बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति पदको उम्मेद्वारको रुपमा अगाडि सारेको हो ।

जसपाको केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समिति सदस्यको बैठकले यादवलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको प्रवक्ता मनिष सुमनले जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ