हत्या गरेको अभियोगमा ७ जना पक्राउ

समाचार

रौतहट, २५ फागुन । मौलापुर नगरपालिका–६ बस्ने ४५ वर्षीय नरेश महतोको हत्या गरेको अभियोगमा देवाही गोनाही नगरपालिका–७ बस्ने २१ वर्षीय संजय महतोसमेत ७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मौलापुर नगरपालिका–६ पथरा टोलमा संजय महतो र सोही ठाउँ बस्ने उमेश महतोबीच बुधबार बिहान एक आपसमा बादबिबाद भई कुटपिट हुँदा गम्भीर घाइते भएका नरेश महतोको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ