बारा, २५ फागुन । जितपुरसिमारा उपमहानगरपालिका–१ हुलासअगाडी वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको ना.५ ख २१४८ नम्बरको बस दुर्घटना भएको छ ।
बसले साईकललाई बचाउने क्रममा अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा बसमा सवार २६ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका उनीहरुको अल्पाईन अस्पताल सिमारामा उपचार भइरहेको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया