कैलाली, २६ फागुन । धनगढी उपमहानगरपालिका–९ बङग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् ।
२ सय २० मिलिग्राम ब्राउनसुगरसहित सोही उपमहानगरपालिका–८ धनगढी गाउँ बस्ने २८ वर्षीय उमेश रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट जुगेडा र बीओपी बङग्राकटानबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको थियो ।
तपाईको प्रतिक्रिया