कुटपिटबाट एक जनाको मृत्यु

समाचार

रौतहट, २६ फागुन । ईशनाथ नगरपालिका–९ लवताना बस्ने २० वर्षीय गणेश यादवले बुधबार दिउँसो कुटपिट गर्दा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

राजदेवी नगरपालिका–१ पथरा बस्ने २५ वर्षीय गजेन्द्र दासको कुटपिटबाट बिहीबार दिउँसो मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बडहर्वाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न हाल फरार गणेशको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ