काठमाडौं, २६ फागुन । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको नाउपाको सचिवालय बैठकले दलकी अध्यक्ष र संसदीय दलको नेतासमेत रहेकी रञ्जितालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सत्ता गठबन्धनको तर्फबाट भने जसपाका नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।
तपाईको प्रतिक्रिया