निःशुल्क स्वास्थ्य शिविर

समाचार

बारा, २७ फागुन । जीतपुरसिमरा उपमहानगरपालिका ३ मा भएको निःशुल्क स्वास्थ्य शिविरमा ४ सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ । बजनीमा आयोजित शिविरमा स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

शिविरमा मधुमेह, रक्तचाप, आँखा, नाक, कान, घाँटी, छाला लगायत विभिन्न स्वास्थ्यसम्बन्धी समस्याको परीक्षण गरिएको थियो ।

उपमहानगरपालिका र नेपाल आँखा अस्पताल औराहका चिकित्सकले स्थानीयको स्वास्थ्य परीक्षण गरेका हुन् ।

शिविरमा उपमहानगरपालिकाका डा. दीपक गिरी, डा. प्रशान्त वर्णवालसहित नर्स र अन्य स्वास्थ्यकर्मीले स्थानीयको स्वास्थ्य परीक्षण गरेका थिए भने आँखा अस्पतालका चिकित्सकले आँखाको जाँच गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ