उपराष्ट्रपतिका उम्मेद्वार यादवविरुद्ध उजुरी दर्ता

समाचार

काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टी नेपालका उपराष्ट्रपति पदका उम्मेदवारी दिएका रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दर्ता भएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा आज नेकपा (एमाले)का सांसद महेश बर्तौलाले यादवविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिङ्गबाट हुनुपर्ने व्यवस्था गरेकोले राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवारविरुद्ध उजुरी दर्ता गराएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ