अवैध लागूऔषधसहित १ जना पक्राउ

समाचार

बारा, २८ फागुन । जितपुरसिमरा उपमहानगरपालिका–८ रमौलीबाट अवैध लागूऔषध गाँजा करिब ८ केजीसहित एक जना पक्राउ परेका छन् ।

सोही उपमहानगरपालिका–१० बस्ने ५६ वर्षीय दशै मुखियालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले रमौलीबाट नितनपुरतर्फ पैदल जादै गरेको उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ