सर्लाही, २८ फागुन । चन्द्रनगर गाउँपालिका–२ बबरगंजमा मधेश प्रदेश ०४–००१ प ३७७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–६ बयलबास बस्ने २२ वर्षीय रबिन कुमार साहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिदेव हेल्थ केयर बयलबास हुँदे थप उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया