मोबाइल सेन्टरमा आगलागी हुँदा १५ लाखको क्षति

समाचार

महोत्तरी, २८ फागुन । गौशला नगरपालिका–५ बस्ने दिपेन्द्र कुमार साहको आरोही मोबाईल सेन्टरमा विद्युत सर्ट भई आगलागी हुँदा लाखौं धनमाल जलेर नष्ट भएको छ ।

शनिबार राति आगलागी हुँदा मोबाईल लगायत विभिन्न विद्युतीय उपकरणहरू जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ