उपराष्ट्रपतिका लागि चार जनाको उम्मेद्वारी कायम

समाचार

काठमाडौं, २८ फागुन । उपराष्ट्रपतिको निर्वाचनमा चार जनाको उम्मेदवारी कायम भएको छ ।

जनता समाजवादी पार्टीबाट दुई, जनमत पार्टीबाट एक र नेकपा एमालेबाट एक गरी चार जनाको उम्मेदवारी कायम भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले चार जनाकै नाम कायम गरेर अन्तिम नामावली प्रकाशन गरेको छ ।

जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र प्रमिला यादव, जनमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा) उपराष्ट्रपति पदको उम्मेदवार रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ