नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा शपथ ग्रहण

समाचार

काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा विशेष समारोहकाबीच उनलाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् ।

समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वराष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरू, उपप्रधानमन्त्री, नेपाल सरकारका मन्त्रीहरू, प्रदेश प्रमुखहरू, संवैधानिक अङ्गका प्रमुखहरू, सांसदहरु, नेपालस्थित विदेशी नियोगका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, उच्चपदस्थ व्यक्तिहरू, समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ