कैलाली, २९ फागुन । टिकापुर नगरपालिका–१ स्थित सडकमा सु.प.प्र.०१–००२ त ६४८४ नम्बरको ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
सोही नगरपालिका–१ ब्लक नम्बर ७ बस्ने तनविर अन्सारीको छोरा १८ महिनाको हारिस अन्सारीको सोमबार बिहान मृत्यु भएको हो ।
सोही ठाउँस्थित पार्किङ गरी राखेको उक्त ट्याक्टर बाहिर निकाल्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएका उनको टिकापुर अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया