पर्सा, ३० फागुन । वीरगंज महानगरपालिका–१४ बाट नियन्त्रित लागूऔषध नुर्फिन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र फेनारगन १५ एम्पुलसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका–३ कमलनगर बस्ने १८ वर्षीय किशोर र मकवानपुर चिसापानी बस्ने १५ वर्षीय किशोर रहेका छन् ।
प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले ना.५ ख ५८९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया